Comments Add Comment

प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए


३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ ।

संयोग पनि कस्तो ! मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।

कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।

आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।

दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment