+
+
Shares

राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्षसम्म पनि भएन मर्मत

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आईसीयू नहुँदा गम्भीर बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए।
  • अस्पतालको सिटीस्क्यान दुई वर्षभन्दा बढी समयदेखि बिग्रिएको छ र मर्मत खर्च महँगो भएकाले सेवा प्रभावित भएको डा होदाले जानकारी दिए।
  • अस्पतालमा १६ डायलासिस मेसिनमध्ये नौ मात्र सञ्चालनमा छन्, जसका कारण ९० भन्दा बढी विपन्न बिरामी पालो कुरिरहेका छन्।
  • अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले डायलासिस सेवाको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको बताए।
  • हाल १४१ श्ययामा सञ्चालित अस्पताललाई ५० शैयाको मात्र सञ्चालन अनुमति छ।

७ कात्तिक, तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ ।

लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आईसीयू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ।’

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन ।

मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिए ।

त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ । अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन् । बाँकी बिग्रिएका छन् । यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताए ।

यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिए । हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैयाको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?