News Summary
Generated by OK AI. Editorially reviewed.- प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै विश्वको भूराजनीतिक परिवर्तनको असर नेपालमा अझ बढी परिरहेको बताए ।
- उनले नेपाल भूराजनीतिक चलखेलबाट अछुतो नरहेको र देश असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे ।
- प्रचण्डले पार्टीलाई विगतका परिवर्तनमा होमिएको इतिहासका कारण अझ गम्भीर, संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकम दाहाल प्रचण्डले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझै बढी परिरहेको दाबी गरेका छन् ।
पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौं,’ उनले भने ।
आफ्नो पार्टीले देशमा भएका विगतका परिवर्तनमा होमिएको भएकाले झनै बढी गम्भीर र संवेदनशील भएर लाग्नुपर्ने उनले बताए ।
‘हाम्रो पार्टी जसले विगतमा यो देशमा सबै जनताको सार्वभौमिकताका निम्ति, सबै उत्पीडित वर्ग समुदायको हक अधिकारको निम्ति त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट युगान्तकारी उपलब्धी हासिल गर्न सम्भव भएको पृष्ठभूमिको पार्टी हौं हामी,’ प्रचण्डले थप भने, ‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल–भूमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौं भन्ने हामीले महसुस गरेका छौं ।’
प्रतिक्रिया 4