+
+
Shares

बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न प्रचण्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् ।
  • गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर र बजार क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ ।
  • उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

२५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् ।

गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ ।

चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको छ ।

यस अवस्थाबारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका हुन् ।

‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?