Comments Add Comment

सप्तरीमा हात, खुट्टा र टाउको काटिएको शव फेला

५ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हनुमाननगर-कंकालनी नगरपालिका ५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको शव फेला परेको हो । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको छ । टाउको र शरीर गलिसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शव कसको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment