Comments Add Comment

एनआरएन अमेरिकाद्वारा सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु

२३ नोभेम्बर, न्यूयोर्क । गैरआवासीय नेपालीहरूको सङ्गठन एनआरएनए अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागि आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ ।

संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्वीर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागि प्रक्रिया अघि बढ्ने जानकारी अध्यक्ष डा. पौडेलले दिए । कसरी तस्वीर अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड बिर्सेको भए कसरी परिवर्तन गर्ने भन्ने विषयमा प्राप्त गरिने इमेलमा सबै सूचना समावेश हुने अध्यक्ष डा. पौडेलद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

स्मरणय रहोस्, वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनए परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था अविलम्ब सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो ।

सो बैठक पश्चात् संयोजक भट्टराईले एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिसँग छलफल तथा परामर्श गरी एनआरएनएका सबै राष्ट्रिय समितिहरुमा एकै पत्रकारको परिचयपत्र वितरण गर्ने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समितिकि उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा अन्तर्राष्ट्रियस्तरको अर्को समिति बनेको थियो ।

एनआरएन अमेरिकाका मिडिया कोर्डीनेटर बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार अबको केही साता भित्रमा अमेरिकाका सबै एनआरएनए सदस्यहरूले आआफ्ना स्थानीय शाखाहरुमार्फत परिचयपत्र प्राप्त गर्नेछन् तर यसका लागि भने प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै पासपोर्ट साइजको तस्वीर समेत अपलोड गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment