+
+

अवतारी लामाका नाममा यौन शोषण गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १६:४४

७ मंसिर, काठमाडौं । आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा टुल्कु लामा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सिन्धुली दुम्जा घर भएका ५६ वर्षका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो ।

उनको १० वर्षदेखि दक्षिणकाली नगरपालिका १ चाल्नाखेल, वोशनमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरेका थिए ।

उनले आफू अवतारी लामा भएको र दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएकाले दैवी शक्ति रहेको दाबी गर्दै आएका थिए । तर, उपचारका लागि आएका महिलाहरुमाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले उपचारका क्रममा एक्लो कोठामा लगेर निर्वस्त्र बनाउने र शारिरीक सम्बन्ध राख्ने गरेका थिए । साथै यसबारे बाहिर भनेमा ठूलो क्षति हुने भन्दै धम्की दिने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?