Comments Add Comment

साम्राज्ञी, नाजिर र आकाशको ‘तिमी सँग’, जान्नुहोस् कहिले चल्दैछ ?


कुनै पनि कलाकारको स्टारडम हरेक शुक्रबार रिलिज हुने नयाँ चलचित्रले निर्धारण गरिदिन्छ । एउटा चलचित्र हिट भयो भनेर मख्ख पर्ने कलाकार अर्को चलचित्र असफल भयो भने असफल कलाकारको सूचीमा परिसकेका हुन्छन् । अझ, सर्वाधिक चर्चामा रहेका कलाकारका लागि त हरेक चलचित्र चल्नु नै पर्ने दबाब हुन्छ ।

यस्तै, दबाबमा छिन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर २’ यसैबर्ष रिलिज भयो । यो चलचित्र हिट भएपछि उनी पनि हिट भइन् । तर, यसैबर्ष उनी अभिनित अर्को चलचित्र पनि रिलिज हुने भएको छ । जसले उनको स्टारडमको मापन फेरि गर्नेछ ।

उनले नायक नाजिर हुसेन र आकाश श्रेष्ठलाई जोडी बनाउँदै काम गरेको चलचित्र ‘तिमी सँग’ले प्रदर्शन मिति तय गरेको छ । अब, यो चलचित्र चैत्रको २३ गतेबाट रिलिज हुनेछ । यो चलचित्रको बारम्बार प्रदर्शन मिति तय गरिताएपनि पछि यसको निर्माणपक्षले सार्दै आएको थियो ।

यो चलचित्रको छायांकन पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक, अन्नपूर्ण बेस क्याम्पमा गरिएको छ । चलचित्रको निर्देशन शिशिर रानाले गरेका हुन् । ट्रेकिङ गाइडसँगको प्रेम र रोमान्सलाई चलचित्रले उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment