Comments Add Comment

मेस्सीको बलले गोललाइन क्रस गर्‍यो तर, गोल दिइएन

११ मंसिर, काठमाडौं । गोललाइन क्रस गरेको बललाई रेफ्रीले गोल नदिएपछि बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा मेस्सीको प्रहारले गोललाइन क्रस गरिसकेको अवस्थामा गोलकिपरले बल ताने । रेफ्री डिबक्स बाहिर थिए र उनले गोल दिएनन् । गोललाइन टेक्नोलोजी भएको घाटा बार्सिलोनालाई लाग्यो ।

दोस्रो हाफमा भ्यालेन्सियाले अग्रता लियो । ६० औं मिनेटमा रोडि्रगोले गोल गरे । तर, ८२ औं मिनमा अल्बाले गोल गर्दै बार्सिलोनाको हार टारेका छन् ।

बराबरीपछि पनि बार्सिलोना १३ खेलमा ३५ अंकका साथ ला लिगाको शीर्ष स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment