टीसीरीजका मालिक भुषण कुमारले आफ्नी पत्नी दिव्या खोसलाको ३६ औ जन्मदिनको अवसरमा एक सरप्राइज पार्टीको आयोजना गरेका छन् । जन्मदिन भन्दा २ दिन अगावै आयोजना गरिएको सरप्राइज पार्टीमा बलिउडका हस्तीहरु सहभागी भएका थिए । यो पार्टीमा सलमान खानकी प्रेमिका यूलिया वन्तुर पनि सहभागी थिइन् ।
यूलिया पार्टीमा क्रिम कलरको अफ शोल्डर हाइ स्टिल गाउनमा पुगेकी थिइन् । तर, सोही पहिरनले उनलाई तनाव बनाइदियो । पार्टीमा जाँदै गर्दा उनको गाउन स्यान्डलको तल फस्यो । सो समयमा उनलाई गाउन तान्नको हैरानी पनि भएको थियो । जसले गर्दा, यूलियाले क्यामेराको अगाडि केही असहज महशुश गरिन् ।
सो पार्टीमा सलमानकी पूर्व प्रेमिका ऐश्वर्या राय पनि पुगेकी थिइन् । पार्टीमा विद्या बालन, साजिद नाडियडवाला, राकेश रोशन, ऋतिक रोशन लगायतका बलिउड हस्ती पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4