Comments Add Comment

पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने

११ मंसिर, रत्ननगर, चितवन  । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५०० हेक्टरमा कृषि जोन कार्यक्रम सञ्चालन भएकाले महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिइएको रेग्मीले बताए । महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ ।

पुस २७ गतेदेखि माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावित क्षेत्रीय रंगशालामा सञ्चालन हुने उक्त महोत्सवमा ४५० कक्ष रहनेछ । नवौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा पाँच लाख दर्शकको सहभागिता हुने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment