Comments Add Comment

भिभोको पर्फेक्ट सेल्फी खिच्ने भी-सेभेन नेपालमा

११ मंसिर, काठमाडौं । भिभोले नेपाली बजारमा नयाँ सेल्फी मोबाइल भी सेभेन ल्याएको छ । भी-सेभेन भिभोको भी श्रेणिमा रहेको उत्पादनमध्ये एक नयाँ उत्पादन हो, यसको अगाडि भागमा रहेको २४ मेगापिक्सेल क्यामरा सेल्पिmफोटो र अन्य दृश्यहरुको लागी प्रशिद्ध छ ।

अन्यभन्दा भिन्न फोटोग्राफी विशेषता, स्क्रीन क्वालिटी र समग्र डिजाइन भएको साथै २४ मेगापिक्सल, फ्रन्ट फेसिङ क्यामरा र फुलभ्यू डिस्प्ले भएको भी सेभेन आधुनिक प्रविधिबाट सु-सज्जित रहेको छ ।

आजको युवाहरुको आवश्यकतालाई बुझेर निरन्तर प्रयास स्वरुप भिभोले स्टाइलिस र डाईनामिक उत्पादनहरु जसले आˆनो व्यक्तित्व प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरु संकलन गर्न उपभोक्तामाझ भी सेभेन बजारमा आएको छ ।

क्लियर फोटो र पर्फेक्ट सेल्फी

आफ्नो २४ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामराको साथमा भी सेभेनले सेल्फीमा अग्रता लिएको छ । यसले क्रिस्टल क्लिएर सेल्फी दिन्छ ।

भी सेभेनले उपभोक्ताहरुलाई जहाँ पनि जहिले पनि आफ्नो अमूल्य क्षणहरु जस्ताको तस्तै व्यक्तगर्न सहयोग गर्दछ । भि सेभेनमा रहेको फेस ब्यूटी ७.० फिचरले डीएसएलआर क्यामराले जस्तै कमउज्यालो भएको वातावरणमा पनि सेल्फीलाई चहकिलो बनाउनुको साथै रंगहरुमा एकरुपता ल्याउँछ ।

भी सेभेन ६४ विट क्वालकम अक्टाकोर सिपियू र ४ जिवि र्‍यामभएले सु-सज्जित छ भने भि सेभेनले उपभोक्ताको अनुभवलाई सहजबनाउन सुनिश्चित गर्छ ।

यसमा रहेको प्रयोगकर्ता मैत्रिफन टच ३.२ ओ.एस विशेषताहरु जस्तै स्मार्ट स्पलिट ३.० ले भी सेभेनलाई उपभोक्ताहरुको उत्तम साथी बनाएको छ ।

फिंगर पि्रन्ट सेन्सरबाहेक भी सेभेनमा रहेको भिभोको फेस एक्सीस प्रविधिले फोन अनलक गर्न सजिलो र सुविधाजनक बनाएको छ ।

यसले तुरुन्तै १०० भन्दा बढी भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउँछ, जसले तपाईलाई महत्वपूर्ण क्षणहरु जहाँ पनि जहिले पनि खिच्न अनुमति दिन्छ ।

भिभोको भी सेभेन मोवाईल फोन ३ डिसेम्बर २०१७ बाट बजारमा उपल्बध हुन्छ भने यसको प्रि-बुकिङ सुरु भएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment