Comments Add Comment

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

१२ मंसिर, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment