+
+

‘मंसिर’ लागेपछि बिहे गर्न मन लाग्छ’: बर्षा राउत

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते ११:५२


मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका बर्षा राउतलाई पनि मंसिर महिना लागेपछि बेहुली बन्न मन लाग्छ । तर, पौष लागेपछि भने उनको चाहना यसै हराएर जान्छ । बर्षाले अनलाइनखबरसँग भनिन्-‘मलाई प्राय मंसिर महिना लागेपछि कस्तो बिहे गरौ गरौ हुन्छ । तर, पौष लाग्छ, अनी भो गर्दिनँ भन्ने सोच आउँछ ।’

केही समय अगाडि पारिवारिक जमघटमा बर्षाको बिहेको कुरा पनि निस्किएको थियो । तर, बषर्ाको बुबाले केही बर्ष छोरीको बिहे नगर्ने भनेपछि यसै कुरा सेलायो ।

बर्षा कलाकार संजोग कोइरालाको प्रेममा छिन् । उनी र संजोगविच बिहेको बिषयमा कुरा ननिस्किएको होइन । बर्षालाई बिहेले करिअरलाई असर गर्छ भन्ने लाग्दैन । उनी भन्छिन्-‘यदि, आफ्नो परिवार सपोर्ट गर्ने खालको छ भने केही पनि असर गर्दैन । तर, बिहेपछि बुहारीले चलचित्र किन खेल्नु भन्ने खालको परिवार भयो भने गाह्रो हुन्छ ।’

यो बिषयमा श्रीमान् पनि वुझ्ने खालको हुनुपर्ने उनको धारणा छ । अर्को, नायकसँग चलचित्रमा काम गर्दा त्यसलाई कामकै रुपमा लिने श्रीमान् र परिवार परेको खण्डमा करिअर अगाडि बढाउन सकिने उनले बताइन् ।

उनले भनिन्-‘तर, बिहेपछि करिअर वा श्रीमान्मध्ये एकलाई छाड्नुपर्ने अवस्था आयो भने करिअर नै छाड्छु ।’ बर्षाका प्रेमी संजोगका पिता आफैमा निर्माता हुन् । संजोगकी आमा पनि चलचित्र क्षेत्रबारे धेरै जानकार छिन् । बर्षाले अनलाइनखबरसँग भनिन्-‘केही समय अगाडि संजोगको ममीसँग कुरा भएको थियो । उहाँले आफूले पनि निर्मातासँग नै बिहे गरेको भन्दै चलचित्र खेल्ने कुरामा असहमती जनाउनु भएन । मलाई सहज हुन्छ भन्ने नै लाग्छ ।’

तपाइलाई कस्तो बिहे गर्न मनलाग्छ ? बर्षाले भनिन्-‘मलाई साधारण बिहे गर्न मनलाग्छ । किन, धेरै पैसा खर्च गरेर बिहे गर्नु र होइन ? ठूलो पार्टी गर्दा मन नपर्ने मान्छेलाई पनि बोलाउनपर्छ । सामान्य बिहे गर्नुपर्छ भन्ने सोचमा छु म । तर, दुई परिवारको कुरामा पनि कस्तो बिहे गर्ने भन्ने भरपर्छ ।’

बिहेपछि श्रीमान्ले हनिमुनका लागि कहाँ लैजाओस् भन्ने लागेको छ त यी सुन्दरीलाई ? बर्षाले भनिन्-‘त्यस्तो त मैले केही पनि सोचेकी छैन । तर, मलाई श्रीमान्ले ग्रिस लिएर जाओस् भन्ने लागेको छ ।’

चलचित्र वा म्यूजिक भिडियोमा बर्षा धेरैपटक लेहेङ्गा लगाएर बेहुली बनेकी छिन् । तर, उनलाई भने आफ्नो बिहेमा ‘बनारसी सारी’ लगाएर बेहुलीको घुम्टो ओड्न मन छ । सामान्य गहना लगाउन मन छ ।

अब, बिहे कहिले हुन्छ त भन्ने प्रश्नमा हाँस्दै बर्षाले भनिन्-‘त्यो त थाहा छैन । तर, २-३ बर्ष पनि लाग्न सक्छ, तत्काल हुन नी सक्छ । वुझ्नुभयो नि मेरो इशारा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?