Comments Add Comment

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ काे मृत्यु

घाइते २१ मध्ये ५ जनालाई काठमाडौं ल्याइँदै

त्रिशूली नदीमा बस खसेको स्थान । तस्वीर: सुशील थापा ।

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।  लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेर भएकाे दुर्घटनामा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, मृतकमध्ये चार पुरुष र दुई महिला छन्  । उनीहरू  कसैको पनि सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले  घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ पठाइएकाे जानकारी दिए ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ ।

बस सडकबाट एक सय मिटर तल नदीमा पुगेको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।

प्रहरीका अनुसार, काठमाडौंंबाट बिहान ५ः४० बजे हिँडेको बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment