Comments Add Comment

संझनामा सार्वजनिक

युवा गायक ऋषि थापा संगमले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । सम्झनामा आइ तिमि जान्छौ घरि घरि मलाई सताउँछौं बोलको गीतमा ऋषि थापा संगमको स्वर तथा कमल खत्रीको संगीत निर्देशन रहेको छ ।

गीतमा करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय छ । युवराज पौडेलले निर्देशन गरेको यस गीतमा छायांकन पनि पौडेलको रहेको छ । सुर्खेत स्थायी घर भएका गायक थापा हाल बाँकेको कोहलपुरमा अध्ययापन पेशामा समेत आवद्ध छन् ।

 गीत संगीतमा सानैदेखी रुची रहेको बताउँदै थापाले आगामी दिनमा गीत संगीतलाई निरन्तरता दिने बताए । उनी हेर दिन बिहान एक घण्टा रियाज गर्ने गर्छन । नेपाली संगीतिक क्षेत्रमा निरन्तर डटेर लागिरहने उनको अठोट छ ।

 हालै सार्वजनिक आफ्नो गीत सुनेर (हेरेर) दर्शक–श्रोतालाई प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment