Comments Add Comment

रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा

१३ मंसिर, काठमाडाैं । नेपालको प्रतिष्ठित कम्पनी जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिको व्यवस्थापनमा विजय डिष्टीलरी प्राली द्वारा उत्पादित तथा वितरीत रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ ।

ग्राहाकहरुमाझ अधिक रुचाइएको रुस्लान भोड्का, ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केहि अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ भएको बोतल बजारमा ल्याएको हो ।

अहिले बजारमा ल्याइएको नयाा प्याकेजिङसहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ । नयाँ प्याकेजिङ पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीले जनाएको छ ।

प्याकेजिङ नयाँ भए पनि स्वाद र गुणस्तर मा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment