+
+
Shares

दीपकले भने–‘महिलामाथि वियर खन्याएर नाचेको दृश्य महिला हिंसामा पर्छ या पर्दैन ?’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १३ गते १५:११


चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका कलाकार दीपकराज गिरीले घुमाउरो शैलीमा नायिका ऋचा शर्मासँग भैरहेको विवादको बिषयमा मुख खोलेका छन् । ऋचाले दीपकले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा’मा महिला हिंसा भएको भन्दै एक कार्यक्रममा टिप्पणी गरेपछि बहस सुरु भएको थियो ।

त्यसपछि निरन्तर फेसबुकमा जवाफ दिदै आएका दीपकले पत्रकारहरुसँग पहिलो पटक बोल्दै भने–‘हामी चलचित्रको कर्ममा छौ, धर्ममा छौ । सबै चलचित्र सर्वप्रिय हुँदैनन् । राम्रो वा नराम्रो भन्न पाइन्छ । सबै चलचित्र राम्रो व्यापार गर्दैमा राम्रो नै हुन्छन् भन्नेपनि छैन । हाम्रा चलचित्रमा प्रयोग भएका साना–साना शब्दलाई सेन्सरमा अड्काइने गरिन्छ ।’

उनले, चलचित्रमा सुरुमा अन्याय देखाइने र त्यसपछि न्याय देखाइने समेत बताए । दीपकले भने–‘मलाई थाहा छैन, महिलामाथि पुरुषले वियर खन्याएर नृत्य गरेको दृश्य महिला हिंसामा पर्छ या पर्दैन ।’ उनले चलचित्र ‘छक्का पन्जा’मा महिला हिंसा नभएको जिकिर गरे । चलचित्र क्षेत्र राम्रो हुँदै गएको समयमा चलचित्र क्षेत्र भित्रकै मानिसहरुले साथ दिनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?