+
+

तेल चोरी प्रकरणमा मुछिएका व्यवसायीले पाए सफाइ

व्यवसायीविरुद्धको मुद्दामा जिल्ला अदालतकै फैसला सदर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ मंसिर १३ गते १९:२०

१३ मंसिर, बुटवल । रुपन्देहीको तेल चोरी काण्डको अभियोगमा मुछिएका पेट्रोलियम व्यवसायीले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । ०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र रुपन्देही प्रहरीले जिल्लाको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्करलाइ रंगेेहात पक्राउ गरेको थियो ।

पेट्रोलियम पदार्थ चोरी प्रकरण अन्र्तगत कालोबजारी गरेको अभियोगमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा दायर मुद्दामा मुछिएका ३८ जनाले आज बुधार सफाइ पाएका हुन् ।

रुपन्देहीका ब्यबसायी चोपनारायण श्रेष्ठ लगायतका ३८ जना व्यवसायीले बुटवल इजलासको बुधवारको फैसलासँगै उक्त अभियोगवाट मुक्ति पाएका छन् ।

न्यायाधिशद्वय हरिकुमार पोखरेल र नाग्रेन्द्र्रलाभ कर्णको सम्युक्त इजलासले यो फैसला गरेको उप-रजिष्टार नेत्र प्रसाद भुसालले बताए । यो प्रकरणका अभियुक्तलाई चोरी, कालोबजारी, सम्पत्ति शुद्धीकरण, करछली र अख्तियार दुरुपयोग गरी पाँचवटा मुद्दा चलाइएको थियो ।

पट्रोलियम व्यवसायी विरुद्धको दायर मुद्दामा जिल्लाकै फैसलालाई सदर गरेपछि व्यवसायीले उन्मुक्ति पाएका हुन् । व्यवसायीको उक्त मुद्धामा जिल्ला अदालत रुपन्देहीले विसं ०७३ साल जेठ १२ गतेको फैसलामा व्यवसायीलाई उन्मुक्ती दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालयवाट पुनरावेदन गरिएको थियो ।

सोहि प्रकरणमा ५ जना टयांकर चालक भने दोषी ठहर भै सजाय भोगिरहेका छन् । यस संगै व्यवसायीले पेट्रोलियम पदाथ चोरी, भन्सार चोरी र कालो बजारी अभियोगबाट मुक्ति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?