Comments Add Comment

पोखरा ग्राण्डमा विकेण्ड बीबीक्यू

१३ मंसिर, पोखरा । पोखराको पाँच तारे होटल पोखरा ग्राण्डले विकेण्ड बीबीक्यू (BBQ) शुरु गर्ने भएको छ । पोखरा ग्राण्डले आउँदो शुक्रबारदेखि लाइभ म्यूजिकको साथमा बगैंचा विकेण्ड बीबीक्यू शुरु गर्ने भएको हो ।

विकेण्ड बीबीक्यू हरेक हप्ताको शुक्रबार र शनिबार हुने पोखरा ग्राण्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनले जानकारी दिए । होटलको दक्षिणपूर्वी क्षेत्रमा रहेको स्विमिङ पुल क्षेत्रमा बीबीक्यू गर्दै बोन फायर र क्याम्प फायरमा रमाउन पाउने उनले बताए ।

जाडो सिजनलाई टार्गेट गरेर शुरु गरिएको विकेण्ड बीबीक्यू साँझ ६ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने शेरचनले जानकारी दिए ।

आन्तरिक तथा बाह्य दुबै पर्यटकहरु विकेण्ड बीबीक्यूको स्वाद लिन आउने विश्वास ब्यक्त गर्दै उनले भने, ‘आन्तरिक तथा बाह्य दुबै पर्यटक हाम्रो लक्षित वर्ग हुन्, पोखरासहित छिमेकी जिल्ला तथा राजधानी काठमाडौं, विराटनगरलगायतका क्षेत्रबाट लाइभ म्यूजिकसहितको बीबीक्यूको स्वाद लिन आउने अपेक्षा गरेका छौं, त्यसमा होटलमा बास बस्ने विदेशी पर्यटक पनि सहभागी हुनेछन् ।’

एक दिनमा २ सय जनासम्मलाई सेवा दिइने उनले बताए ।

लाइभ म्यूजिकमा नेपाली मौलिक बाजाहरु हालेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने आफूहरुको उद्देश्य रहेको होटलका जनरल म्यानेजर रोसन खवासले बताए । उनका अनुसार लाइभ म्यूजिकमा सारंगी, मादल र बाँसुरीको धुन बजाएर सुनाइन्छ । यसले नेपाली मौलिक बाजा र धुनको संरक्षण र सम्बद्र्धन हुन्छ नै सँगसँगै यसले पर्यटन प्रबद्र्धन र होटल पोखरा ग्राण्डप्रति आकर्षण पनि बढाउने होटलको अपेक्षा रहेको उनले बताए ।

बीबीक्यूमा सहभागी हुन नेपाली पर्यटकले प्रतिव्यक्ति १ हजार ५ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । त्यसमा भ्याट जोडिने उनले बताए । भ्याट जोडिदा आन्तरिक पर्यटकले एक हजार ९ सय ८७ रुपैयाँ तिर्नुपर्नेछ भने बिदेशीले प्याकेजमा २० डलर तिर्नुपर्ने उनले बताए । त्यति तिरेपछि बीबीक्यूसहितको डिनर र एक बोतल बियर वा एक गिलास वाइन वा जुस लिन पाउने उनले बताए । उनका अनुसार १० वर्ष मुनिकालाई भने ५० प्रतिशत छुट हुने छ ।

पाँचतारे होटल पोखरा ग्राण्डमा १ सय ४० वटा कोठा, ३ वटा रेष्टुरेण्ट र ५ वटा सभा तथा सेमिनार हल रहेको एसिस्टेन्ट सेल्स एक्जुकेटिभ अञ्जना अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment