Comments Add Comment

बिहारमा बाख्राको दूधको मूल्य प्रति लिटर १ हजार !

भारतको बिहारस्थित पटनामा बाख्राको दूध प्रति लिटर एक हजार भारुमा बिक्री भइरहेको छ । डेंगु रोगीलाई त्यसले फाइदा पुग्ने विश्वाससहित बाख्राको दूध खुवाउनेहरु बढेपछि मूल्य आकासिएको हो ।

पटनाको कंकडबाग इलाकामा अहिले डंगुको महामारी छ । डेंगुका बिरामीहरुले बाख्राको दूध सेवन गर्नाले रोग निको हुने विश्वास लिएका छन् ।

बीबीसीको हिन्दी संस्करणका अनुसार स्थानीय श्यामको १५ वषर्ीय छोरालाई एक महिनाअघि डेंगु सङ्क्रमण भएको थियो ।

उपचारपछि उनको छोराको रोग त निको भयो । तर, कमजोरी भने जस्ताको तस्तै रह्यो । बाख्राको दूध खाएपछि अहिले धेरै फाइदा भएको उनी बताउँछन् ।

उनले डाक्टरको सल्लाहमा छोरालाई बाख्राको दूध खुवाएका भने होइनन् । बाख्राको दूध खानाले डंेगु रोगीलाई फाइदा पुग्ने स्थानीयको भनाइका आधारमा उनले छोरालाई बाख्राको दूध खुवाएको बताए ।

उनले तीन हप्तादेखि दैनिक २ सय ५० एमएल बाख्राको दूध बच्चालाई खुवाउने गरेका छन् । पटनाको यो इलाकामा डेंगुको महामारी फैलिएपछि बाख्राको दूधको माग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment