Comments Add Comment

२ साताको बीचमा आर्मीले जित्यो दोस्रो उपाधी

सताक्षीपछि काँकडभिट्टा गोल्डकप, फेरि हार्‍यो मनाङ

 

१५ मंसिर, झापा । बिभागीय टोली त्रिभुवन आर्मीले १० दिनको अन्तरमा राष्ट्रिय स्तरको दुई फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंसिर ७ गते सताक्षी गोल्डकपको उपाधि उचालेको आर्मीले शुक्रबार तेस्रो काँकडभिट्टा गोल्ड कप उचाल्यो ।

झापाली मैदानमा सिजनको पहिलो उपाधिको खोजीमा रहेको मनाङ दोस्रो पटक आर्मीसँग निराश बन्यो । यसअघि झापाकै शिवसताक्षीमा सम्पन्न प्रतियोगितामा मनाङ आर्मीसँगै हारेको थियो ।

यता आर्मीको भने सिजनमा यो तेस्रो उपाधि हो । यसअघि उसले वीरगञ्जको बिशाल मेमोरियल गोल्डकप पनि जितेको थियो ।

राष्ट्रिय टोलीका तीन स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास र जर्ज प्रिन्स कार्की सम्मिलित आर्मी अग्रपंक्तिमा निक्कै बलियो छ । तर शुक्रबार मनाङको रक्षापंक्तिले उसका आक्रमणको डटेर सामना गरेका थिए । त्यसैले त सताक्षी गोल्डकपमा २-१ को जित निकालेको आर्मीले काँकडभिट्टामा भने नियमित समयमा समयमा गोल गर्न सकेन ।

टाइब्रेकरमा आर्मीले मनाङबिरुद्ध ३-२ गोलअन्तरको जित निकाल्दै उपाधिसहित ८ लख पुरस्कार पायो । उपबिजेता आर्मीले ४ लाखमा चित्त बुझायो ।

पेनाल्टीमा मनाङका कप्तान अनिल गुरुङ, निराजन मल्ल र कमल श्रेष्ठले गोल गर्न सकेनन् । उनीहरुको प्रहार आर्मीका गोलकिपर बिकेश कुथुले बचाएका थिए । आर्मीका सन्तोष तामाङ, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोल गर्दा जितेन्द्र कार्की र पदम तामाङले गोल गर्न सकेनन् ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका विकास खबास चुनिए । उनले १० हजार पुरस्कार पाए ।

बिधागततर्फ आर्मीकै बर्चश्व रहृयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट प्रशिक्षक आर्मीकै नविन न्यौपाने, उत्कृष्ट डिफेन्स काँकडभिट्टाका दिपेन राई, उत्कृष्ट मिडफिल्डर मनाङका विशाल राई र उत्कृष्ट स्टाइगर आर्मीका भरत खवास घोषित भए । उनीहरुले जनही २० हजार पुरस्कार पाए ।

सर्वोकृष्ट गोलकर्ताको पुरस्कार आर्मीका दिनेश हेम्जनले पाए । उनले २५ हजार पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा मनाङका गोलरक्षक दिनेश थापामगरले ५१ हजार पुरस्कार पाए ।

प्रतियोगिताको नवप्रतिभावान खेलाडी चुनिएका आयोजक काँकडभिट्टा टेनिङ सेन्टरका मिलन राईले पनि नगद १० हजार पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment