+
+

कांग्रेस फाल्नु बायाँ हातको खेलः गुरुङ

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ मंसिर १५ गते १६:१०

१५ मंसिर, पोखरा । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले कांग्रेसलाई ढाल्नु बायाँ हातको खेल भएको बताएका छन् ।

कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ को शुक्रबार माछापुच्छ्रे गाउँपालिकाको खोराकोमुखमा भएको चुनावी सभामा बोल्दै गुरुङले राणा शासनदेखी राजासम्म फाल्नसक्ने कम्युनिष्टले कांग्रेसलाई फाल्नु कुनै ठूलो कुरो नभएको बताएका हुन् ।

कांग्रेसलाई जनताले राखिराख्ने गरी कुनैपनि काम नगरेको दाबी गर्दै उनले भने,’हिजो राणा शासन फाल्यौं, पञ्चायत फाल्यौं, राजा फाल्यौं, कांग्रेसले आफू राखिरहनुपर्ने गरी के गर्‍यो र राख्नुपर्ने काम ? अब कांग्रेसलाई पनि फाल्छौं, यो हाम्रो बायाँ हातको खेल हो ।’

गुरुङले ३ दशक सरकारको बागडोर सञ्चालन गरेको कांग्रेसले अविकाश, विनाश, अशान्ति र भ्रष्टाचारबाहेक केहि गर्न नसकेको आरोप लगाए ।

कांग्रेसलाई हुतिहाराको संज्ञा दिदै उनले कांग्रेसलाई बहुमत दिएपनि लोकतन्त्र जोगाउन र शान्ति कायम गर्न नसक्ने ठोकुवा गरे ।

उनले कांग्रेस नेतृत्वको गठबन्धन लोकतान्त्रिक नभई दक्षिणपन्थी भएको र त्यसका नाइके शेरबहादुर देउवा राक्षस भन्दै भने,’सबै भन्दा ठूलो मन्त्री मण्डल कसले बनायो ? सबै भन्दा भ्रष्ट को छ ? कसले बहुमतको सरकार फुटाएर अस्थिरता पैदा गर्‍यो ?’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कांग्रेसका कारण बैदेशिक हस्तक्षेपको क्रिडास्थल र असफल बन्ने दिशामा गएको आरोप लगाए ।

अब यसबाट पार पाउन कांग्रेसबाट असम्भव भएको ठोकुवा गर्दै बाम गठबन्धनबाट मात्र यो सम्भव हुनेपनि बताए ।

राष्ट्रिय स्वाधिनतासहित आर्थिक समृद्धिका लागि बाम गठबन्धनलाई भोट दिएर बिजयी गराउन उनले आग्रह गरे । गुरुङले नेपालमा अब एउटै कम्युनिष्ट केन्द्र बन्ने बताउँदै ५ वर्षमा एसियाली राष्ट्र सो सरह विकास र समृद्धी ल्याउन सकिने, २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर र ५ वर्षमा औद्योगिक मुलुक भन्न लायक बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?