Comments Add Comment

दीपिकाको समर्थनमा उभिन मानिन् कंगना  

सञ्जय लीला भन्सालीको फिल्म पद्मावतीलाई लिएर यसकी अभिनेत्री दिपिका पादुकोणमाथि अनेक खालका धम्कीहरु आइरहेका छन् । फिल्मका विरोधिहरुले दिपिकाको नाक काटिदिनेसम्मको धम्की दिएका छन् ।

यतिबेला सिंगो बलिउड दिपिकाको समर्थनमा खडा भएको छ । उनीहरु सबैले दिपिकाको पक्षमा अभिव्यक्ति दिएका छन् र उनको सुरक्षाको माग गरेका छन् । तर, यसमा अपवाद बनेकी छिन् अभिनेत्री कंगना । उनले यस प्रकरणमा दिपिकाको साथ दिन इन्कार गरेकी छिन् ।

हालै दिपिकाको सुरक्षालाई ध्यानमा राखेर पुरानी अभिनेत्री शवाना आजमीले ‘दिपिका बचाउ’ हस्ताक्षर अभियान सुरु गरेकी छिन् । यसमा बलिउडका लगभग सबै अभिनेत्रीहरुले हस्ताक्षर गरिसकेका छन् ।

यस ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरुमा हेमा मालिनी, करिना कपुर, जया बच्चन, आलिया भट्ट, विद्या बालनसमेत दर्जनौं अभिनेत्री छ । यो ज्ञापनपत्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउने तयारी छ ।

हालै शबानले यो ज्ञापनपत्रमा हस्ताक्षर गराउनका लागि कंगनाकहाँ गइन् । तर, कंगनाले यसमा हस्ताक्षर गर्न ठाडै अस्वीकार गरिदिइन् । अस्वीकार गर्नुको कारण भने उनले खुलाइनन् ।

उनले अस्वीकार गर्नुको कारण के हुन सक्छ भने जब कंगनाको ऋतिक रोशन र आदित्य पञ्चोलीसित लफडा चलिरहेको थियो, त्यतिबेला कसैले पनि उनको साथ दिएका थिएनन् । यसैको रिस पोख्न खोजेकी हुन् सायद उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment