+
+

राजन थपलियालाई युथ रिकग्निसन अवार्ड-२०१७

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १२:२२

४ डिसेम्बर, न्यूयोर्क । २८ वर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियालाई युथरिकग्निसन अवार्ड प्रदान गरिएको छ ।

अमेरिकामा १० वर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं वार्षिकोत्सवका अवसरमा थपलियालाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रम न्यूयोर्कको ज्याक्सनहाइटमा गरिएको हो । लेखक राजन लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसेर अङ्रेजी भाषामा कलम चलाउदै आएका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित ११ वटा पुस्तकप्रकाशन भइसकेका छन् ।

लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका थपलियाकोहालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित छ भने त्यो भन्दा अगाडि हन्ड्रेड पर्सेन्ट लाइफ प्रकाशितभएको थियो ।

उक्त कार्यक्रममा आफूलाई यो सम्मान को लाएक सम्झने उक्त अनलाइनका सम्पादक प्रदीप परियार थापा र डा. बिष्णुमाया परियारप्रति लेखकले आभार ब्यक्त गर्दै आगामी दिनमा समुदायले मात्र होइन देशले गर्ब गर्ने काम गरेर देखाउने प्रण गरे ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, दी सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी,लाईफ इज सो ईजी, दी मिराकल अफ लाईफ, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस र हन्ड्रेड पर्सेन्ट लाईफ हुन् ।थपलियाले खासगरी सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?