Comments Add Comment

‘मुन्नी बदनाम’ गर्ल ४४ बर्षको उमेरमा यसकारण छिन् जवान 

मलाइका अरोरा खान, खासगरी आइटम डान्सबाट चिनिएकी छिन् । हुन त उनलाई चिनाउने केही साझा बिशेषण नभएको होइन । खासमा मलाइका सलमान खानकी पूर्व बुहारी हुन् । अर्थात भाई अरबाजकी पत्नी । अहिले उनीहरु छुटिसकेका छन् । बलिउडकै महंगो डिभोर्समा अरबाज मलाइकाको प्रसंग जोडिने गर्छ ।

मलाइका जसलाई धेरैले शाहरुख खानसँग रेलको डिब्बामाथि छमछमी नाचिरहेको हेर्दै आएका छन् । यसो भन्दै, ‘छैयां छैयां ।’ पछिल्लो समय उनले सलमान खानसँग ‘मुन्नी बदनाम’मा कम्मर मर्काइन् । यद्यपी मलाईका आफुलाई ‘आइटम गर्ल’ भनेको रुचाउँदिन् । साथै बलिउडमा उनलाई यतिमा मात्र सीमित पनि गरिएको छैन ।

खासमा मलाईका एउटी अभिनेत्रीकै रुपमा बढी चिनिन्छन् । उनको चिनारी के पनि छ भने, बलिउडकै राम्रो फिगर भएकी अभिनेत्रीमध्येमा उनको नाम लिइन्छ । जबकी मलाईका उमेरले ४४ बर्ष पुगिसकिन् । साथै उनी १५ बषिर्य छोरोको आमा समेत हुन् ।

४४ बर्षमा कसरी फिट ?

मलाईकाको इ्रन्स्टाग्रामबाट छनक पाउन सकिन्छ कि, उनी आफ्ना वर्कआउट्स र न्युटि्रशियनका लागि कति प्रतिवद्ध छिन् । उनी आफ्नो खानपानमा एकदमै सर्तक छिन् । व्यायामका लागि जागरुक छिन् ।

डाइटिङ गर्दिनन्

उनी डाइटिङ गर्दैर्नन् । उनले आफ्नो मेनुबाट खानेकुरा कटौती गरेकी छैनन् । उनलाई लाग्दैन कि, खानेकुरा नखाएर स्लिम वा फिट भइन्छ । उनी निर्धक्क खान्छिन् । यद्यपी संयमित भएर ।

मलाईका अक्सर घरकै खानामा जोड दिने गर्छिन् । हेल्दी डाइट रुटिन अपनाउँछिन् । घरमै बनेको स्वस्थ्य खाना खाने, पर्याप्त पानी पिउने बानी छ, उनको ।

योगाभ्यास र डान्स

डान्सिङ गर्ल भएपछि डान्स गर्नैपर्‍यो । भनिन्छ, नृत्य एकदमै राम्रो व्यायाम हो । यसले शरीरको सबै अंगको सन्तुलित व्यायाम हुन्छ । त्यसमा मात्र मलाइका चित्त बुझाउँदिनन् । बरु, त्यससँगै योगाभ्यास, वेट टे्रनिङ गर्छिन् । उनी बूट क्याम्पमा भाग लिने गर्छिन् । उनको दैनिकीमा पर्छ, वर्कआउट र योग ।

मलाईका भन्छिन्, ‘यदि फिट एन्ड फाइन रहने हो भने, खुब पानी पिउनुहोस् र प्रशस्तै व्यायाम गर्नुहोस् ।’ उनी यतिमै रोकिदैनन् । भन्छिन्, ‘सधै हाँस्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment