Comments Add Comment

शशि कपुरः थिएटरदेखि बलिउडसम्म

६० र ७० को दशकमा बलिउडमा हिट फिल्म दिएका शशि कपुर ७९ बर्षको उमेरमा सोमबार निधन भयो  । ‘कन्यादान’, ‘शर्मीली’, ‘जब जब फूल खिले’, रोटी कपडा और मकान’, ‘चोर मचाए शोर’, ‘दिवार’ जस्ता एक सय ६० बढी फिल्म दिएर उनी सधैका लागि अस्ताए । केहि समयदेखि उनी मृगौला सम्बन्धी रोगले थलिएका थिए ।

शशि कपुर १८ मार्च १९३८ मा कोलकातामा जन्मिएका थिए ।

बाल कलाकारको रुपमा बलिउड

शशि कपुरले बाल कलाकारको रुपमा फिल्मी करियर सुरु गरेका थिए । ‘आग’ र ‘आवारा’ फिल्म उनको बाल्यकालको सबैभन्दा सम्झनलायक फिल्म हुन् । यी दुबै फिल्ममा उनका दाजु राजकपुरको बाल्यकालको भूमिका निर्वाह गरेका थिए ।

धर्मपुत्रबाट हिरो

शशि कपुर ‘धर्मपूत्र’ फिल्मबाट हिरोको रुपमा पर्दापण गरे । यो १९६१ को कुरा । त्यसपछि उनले केहि फिल्म गरे ।

मेरे पास मां है

शशि कपुरले अमिताभ बच्चनसँग केहि फिल्म गरे, जो निकै हिट भयो । फिल्म ‘दिवार’मा उनले बोलेको डायलग ‘मेरे पास मा है’ अहिले पनि चर्चित छ ।

दीवार, सत्यम शिव सुन्दरम, नमक हलाल, सुहाग, त्रिशूल उनको सुपरहिट फिल्म हुन् ।

अंग्रेजी फिल्ममा अभिनय

शशि कपूरले हिन्दी मात्र होइन, अंग्रेजी फिल्ममा समेत काम गरे । ‘द हाउसहोल्डर’, ‘शेक्सपियरवाला’, ‘बम्बे टकिज’ र ‘हिट एन्ड डस्ट’ उनको खास अन्तर्राष्ट्रिय फिल्म हुन् ।

बलबीर राज कपुर अर्थात शशि कपुर

शशि कपुरकी हजुरआमाले उनलाई प्यारो नाम राखिदिएकी थिइन्, बलबरि राज कपुर । तर, यो उनकी आमाले मन पराइनन् । बाल्यकालदेखि नै चन्द्रमा हेर्न रुचाउँने उनको नाम आमाले शशि राखिदिइन् ।

आफ्नै पिताको थिएटरमा जागिर

सानो छँदा शशि कपुर विद्यालय बंक गरेर नाटक सिक्न जान्थे । पछि उनलाई आफ्नै पिताले पृथ्वी थिएटरमा रोजगार दिए । त्यसबेला उनको मासिक तलब ७५ रुपैयाँ भारु थियो । १९५३ मा यो शानदार पारिश्रमिक थियो ।

चर्चित प्रेम सम्बन्ध

शशि आफ्नो जमनामा प्रेम सम्बन्धको कारण चर्चामा थिए । खासगरी जेनिफर क्यान्डलसँगको सम्बन्धले बलिउड तताइरह्यो । उनीहरुले एकसाथ कहिल्यै फिल्म खेलेनन् । तर, ५० को दशकमा उनीहरु सर्वाधिक चर्चित जोडीमा दरिए ।

खासमा जेनिफर बिट्रिस आर्टिस्ट थिइन् । शशि चाहि सिकारु थिए । त्यसबेला जेनिफर शशिकै पिताको थिएटरकी मूख्य अभिनेत्री थिइन्, जसको पारिश्रमिक शशिको भन्दा तीन गुणा बढी थियो ।

जेनिफर पूर्वी एशियाको यात्राको क्रममा आफ्ना पितासँग भारत आइपुगेकी थिइन् । त्यही सिलसिलामा उनी नाटक मन्डलीमा मिसिइन् । यहि मोडमा शशि र जेनिफरको भेट भयो ।

कलिलै उमेरमा बिहे

त्यसबेला शशि २० बर्षका थिए । जेनिफर उनीभन्दा तीन बर्ष जेठी । उनीहरु सिंगापुरमा ‘शेक्सपियाराना’ नाटक खेल्न पुगेका थिए । त्यही उनीहरुले अप्रत्यासित रुपमा बिवाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment