Comments Add Comment

शिवपुजनको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

१९ मंसिर, काठमाडौं । उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि भोलि नै बोलाएको छ ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनी यो पटक माओवादीबाट उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिएका थिए । यो सुनुवाई नभएपछि सर्वोच्च पुगे ।

तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment