Comments Add Comment

विन्टर ओलम्पिकमा रुसलाई प्रतिवन्ध

२० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध लगाएको छ । डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाइएको हो ।

दक्षिण कोरियाको प्योङचाङमा विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी छ । ‘आगामी ९ फेब्रुअरीमा हुने खेलमा निर्दोष रुसी खेलाडीहरुलाई ओलम्पिक एथलिट फ्रम रसिया (ओएआर)को नामबाट निमन्त्रणा गरिने छ तर एक शक्तिशाली देशको भने बन्चित हुनेछ,’ बीबीसीले लेखेको छ ।

सन् २०१४ को ओलम्पिक खेलमा रुसी खेलाडीहरु डोपिङ टेष्टमा फेल भएपछि त्यसको अनुसन्धान थालिएको थियो । स्वीटजरल्याण्डका पूर्वराष्ट्रपति स्यामुअल स्मिटको नेतृत्वमा डोपिङ प्रकरणको छानबिन भएको थियो । लामो समयको अनुसन्धानपछि ओलम्पिक कमिटीले रुसलाई अर्को वर्ष दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेल्न नदिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुसको ओलम्पिक कमिटीलाई यसअघि नै निलम्बन गरिसकेको छ । डोपिङ प्रकरणमा सामेल नभएको प्रमाणित गर्ने अरु रुसी खेलाडीहरुले भने भाग लिन पाउने छन् तर रुसको झण्डा भने प्रयोग गर्न नपाउने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment