Comments Add Comment

तारजालीभित्र मतगणनाको तयारी, सीसीटीभीबाट निगरानी

२० मंसिर, नुवाकोट । कोठाको चारैतिर सीसी टिभी । बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ । कोठाको बीचमा तारजालीको पर्खाल ।

बिहीबार (भोलि) साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही आश्चर्य लाग्छ । मत गणनाका लागि उम्मेदवार र दलका प्रतिनिधिलाई अविश्वास गरिएको प्रस्टै थाहा हुन्छ ।

जिल्लाको दुई प्रतिनिधसभा र चार प्रदेशसभाको मतगणनाको लागि जिल्ला निर्वाचन कार्यालयले यस्तै तयारी गरेको छ ।

मतगणना हुने स्थलमा १५ वटा सीसीटीभी जडान भएको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार दुवै निर्वाचन क्षेत्रमा तीन/तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाइएको छ ।

एउटा कोठामा प्रतिनिधिसभा र दुईवटा कोठामा एक/एक प्रदेशसभा निर्वाचन क्षेत्रको गरी एउटा निर्वाचन क्षेेत्रमा तीन वटा मतगणना स्थल तयार गरिएको छ ।

डिभिजन सहकारीको कार्यालय विदुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ र त्यस अन्तर्गतको दुवै प्रदेशसभाको मतगणनाको लागि तयारी गरिएको छ ।

त्यस्तै क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा मतगणना गर्नको लागि तीन वटा कोठामा तारजाली लगाइएको छ ।

तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ ।

स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा तारजाली नलगाउदा केही जिल्लाहरुमा अप्रिय घटना  भएपछि यसपटक नुवाकोटमा तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

मतगणनामा खटाउने कर्मचारीको पनि व्यवस्था भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए ।
उनले मतगणनास्थलको अबस्थाको बारेमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बारेमा जानकारी समेत गराइसकेको बताउ ।

दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बस्ने तयारी समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राख्न लागिएको हो । मत गणना भोलि साँझ पाँच बजेबाट सुरु हुनेछ ।

नुवाकोट जिल्लामा दुवै निर्वाचन क्षेत्रमा ८६ हजार आठ सय मत गणना गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment