Comments Add Comment

चुनावमा निर्माता डराउँदा पुराना फिल्मलाई फाइदा


जब मुलुकमा निर्वाचनको माहोल सिर्जना हुन्छ तब नेपाली सिनेमा घरमा चलचित्रको संकट सुरु हुन्छ । पहिलो चरणको स्थानिय तह निर्वाचनमा चलचित्रको संकट भोगेका सिनेमा हलहरुले अहिले फेरि त्यही नियती भोगेका छन् ।

मंसिर १० र २१ को प्रदेश र प्रतिनिधीसभा निर्वाचनको असर पनि सिनेमा हलहरुमा प्रष्ट देखियो । अहिले काठमाण्डौको कुनै पनि मल्टिप्लेक्स हलमा नयाँ चलचित्र नै छैनन् ।

निर्वाचन छेकोमा नेपाली निर्माताले चलचित्र उपलब्ध नगराएपनि सञ्जयलीला भन्साली निर्देशित हिन्दी चलचित्र ‘पद्यमावती’ रिलिज गरेर हल चलाउने मनस्थितीमा रहेका हल सञ्चालकले अहिले पुराना चलचित्र लगाएर भए पनि हलको ढोका खुल्ला राखेका छन् ।

अहिले काठमाण्डौंमा ‘प्रेमगीत-२, छक्का पञ्जा-२ र फाटेको जुत्ता’ फेरि रिलिज भएका छन् । मंसिर २२ गतेदेखि केहि हलमा ‘सेतो सुर्य’ प्रदर्शन हुने भएको छ ।
दशैं, तिहार, तीज माघे सक्रान्ती, नयाँ वर्ष जस्ता चाड पर्वमा आफ्नो चलचित्र लगाउन मरिहत्ते गर्ने निर्माताहरु समेत चुनावमा चलचित्र लगाउन मान्दैनन् । चुनाव वा आन्दोलन छेकोमा लगाएको चलचित्रले बजार ब्यापार गर्न सक्दैन भन्ने पुरानो मान्यता छदैछ ।

चुनावमा निर्माता डराउँदा पुराना फिल्मलाई फाइदा
जब मुलुकमा निर्वाचनको माहोल सिर्जना हुन्छ तब नेपाली सिनेमा घरमा चलचित्रको संकट सुरु हुन्छ । पहिलो चरणको स्थानिय तह निर्वाचनमा चलचित्रको संकट भोगेका सिनेमा हलहरुले अहिले फेरि त्यही नियती भोगेका छन् ।

मंसिर १० र २१ को प्रदेश र प्रतिनिधीसभा निर्वाचनको असर पनि सिनेमा हलहरुमा प्रष्ट देखियो । अहिले काठमाण्डौको कुनै पनि मल्टिप्लेक्स हलमा नयाँ चलचित्र नै छैनन् ।

निर्वाचन छेकोमा नेपाली निर्माताले चलचित्र उपलब्ध नगराएपनि सञ्जयलीला भन्साली निर्देशित हिन्दी चलचित्र ‘पद्यमावती’ रिलिज गरेर हल चलाउने मनस्थितीमा रहेका हल सञ्चालकले अहिले पुराना चलचित्र लगाएर भए पनि हलको ढोका खुल्ला राखेका छन् ।

अहिले काठमाण्डौंमा ‘प्रेमगीत-२, छक्का पञ्जा-२ र फाटेको जुत्ता’ फेरि रिलिज भएका छन् । मंसिर २२ गतेदेखि केहि हलमा ‘सेतो सुर्य’ प्रदर्शन हुने भएको छ ।
दशैं,ं तिहार, तीज माघे सक्रान्ती, नयाँ वर्ष जस्ता चाड पर्वमा आफ्नो चलचित्र लगाउन मरिहत्ते गर्ने निर्माताहरु समेत चुनावमा चलचित्र लगाउन मान्दैनन् । चुनाव वा आन्दोलन छेकोमा लगाएको चलचित्रले बजार ब्यापार गर्न सक्दैन भन्ने पुरानो मान्यता छदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment