Comments Add Comment

निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म

२० मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबै सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि ९० प्रतिशत जनशक्ति परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेराना सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिनेछ ।

सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन चुनावी सुरक्षाका लागि गरिनेछ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, हतियार र साधन स्रोतको परिचालन सम्पन्न भइसकेको छ ।

सुरक्षा अनुगमनका लागि डिएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसपी, एसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसएसपी र एसएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा डिआईजी खटाइएको छ ।

सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment