Comments Add Comment

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

२२ मंसिर, पाँचथर । पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् ।

पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् ।

पाँचथरमा प्रतिनिधसभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र प्रदेशसभा तर्फको मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

पाँचथरमा मंसिर १० मा भएको निर्वाचनमा ७७ हजार ६ सय ८२ मत खसेको थियो । सुरुमा मतगणना सुस्त गतिमा भएपनि पछिल्लो समय तिव्र गतिमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment