+
+
Shares

सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १२:०८


२३ मंसिर, सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।

गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् ।

एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको थियो । गच्छदार शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?