Comments Add Comment

सिन्धुपाल्चोकमा वाम बर्चस्व, अग्नि सापकोटा १० हजार बढी मतान्तरले विजयी

२३ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्रनम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मत अन्तरले हराएका छन् । सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेत २९ हजार ७९८ मतमा रोकिए ।

तेस्रो स्थानमा रहेका जनसमाजवादी पार्टी नेपालका हस्तबहादुर विश्वकर्माले एक हजार ७०२ मत पाएका छन् ।

यसैगरी प्रतिनिधिसभा तर्फ नै क्षेत्रनम्बर २ बाट एमाले उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका पशुपति समशेर जबरालाई ७ हजार ६७२ मतले हराएका छन् ।

तामाङले ३७ हजार ४५० र राणाले २९ हजार ७७८ मत पाएका छन् ।

तेस्रो स्थानमा राप्रपा राष्ट्रवादीका उम्मेदवार चन्द्रदत्त खतिवडा छन् । उनले एक हजार ३०८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment