Comments Add Comment

मकवानपुर प्रदेशसभामा इन्द्र बानियाँ र डोरमणि पौडेल विजयी


२३ मंसिर, हेटौंडा । मकवानपुरमा वाम गठबन्धनले अग्रता लिइरहेका बेला कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेशसभामा जित्दै पार्टीको साख जोगाउन सफल भएका छन् । बानियाँले १९ हजार २४५ मत ल्याउँदै विजयी बने ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम स्याङ्तानले १७ हजार ८३४ मत पाए । इन्द्र बानियउकांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले वामपन्थीको गढ मानिएको मकवानपुरमा यस पटक पनि कांग्रेसलाई क्लिन स्विप हुनबाट जोगायो ।

मकवानपुर २ (ख) बाट उनी वामपन्थी गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरे। यी क्षेत्रमा ४० हजार ३ सय १२ मत खसेक थियो ।

स्याङ्तान मकवानपुर २ (ख) अन्तर्गत साविक मकवानपुर ४ बाट सांसद निर्वाचित भएका थिए । प्रतिनिधिसभा सांसदबाट प्रदेससभामा प्रतिस्पर्धा गरेकोमा बानियाँ बाजी मार्न सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment