Comments Add Comment

जस्तो उक्लियो उस्तै गरि घट्यो बजार


२४ मंसिर, काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभावले कारोबारको शुरुवातमै २० अंकसम्म बढेको नेप्से अन्त्यमा भने घटेको छ । पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको थियो ।

नेप्से परिसूचक बजार बन्द हुँदा ६.०५ अंकले घटेर १५३० मा आएको छ । ‘बजार बढ्छ भन्ने अपेक्षामा शुरुको कारोबारमा लगानीकर्ताहरुले मूल्य बढेर माग राखेका थिए, तर केही समयपछि नै यसको प्रभाव सेलाएर गयो,’ एक ब्रोकरले भने । बजार सुरु हुनु अगाडी नै अघिल्लो दिनभन्दा २ प्रतिशतले घटबढ हुने गरि सेयर किनबेचको आदेश दिन सकिने व्यवस्था छ ।

निर्वाचन पछि खुलेको बजार भएकोले बजार बढ्ने अपेक्षामा धेरैले यही लाभको प्रयोग गरेका थिए । बजार खुलेपछि पनि केहीले बजार थप बढ्ने अपेक्षा गरेका थिए । तर, बजार बढेको मौकामा बिक्री गर्नेहरु पनि बढ्न थालेपछि भने बजारले ओरालो बाटो लियो ।

लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से महिनादिन यता उच्च अंकले घटबढ हुँदै आएको छ ।

८४ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा ३२ प्रतिशत कारोबार एउटै संस्थाको भएको छ । शतप्रतिशत बोनस सेयर दिने घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य करिब ४ प्रतिशतले बढेर २ हजार १ सय रुपैयाँ माथि रहेको छ । बैंकको मात्रै करिब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । तर बैंकिङ समूहको परिसूचक भने करिब ४ अंकले नै घटेको छ ।

बजार बढ्दा सबै समूहको परिसूचक हरियो भएका भएपनि बजार बन्द हुँदा उत्पादनमुलक समूह र ‘अन्य’मा मात्रै यस्तो प्रवृत्ति कायम रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment