Comments Add Comment

एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी


२५ मंसिर,राजविराज । दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा सो प्रदेशका संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मण्डललाई कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध समेत गरेका थिए ।

मण्डल सप्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोमवार विहान निर्वाचन परिणाम सार्वजनिक हुँदा मण्डलले ११ हजार ३०२ मत प्राप्त गरेर राजपाका महामन्त्री राजकुमार लेखीलाई पराजित गरे । लेखीले ९ हजार २५२ मत प्राप्त गरेका छन् ।

मण्डल विरुद्ध एमालेकै कार्यकर्ता प्रेस चौतारीका पूर्व उपाध्यक्ष प्रकाश खतिवडा बागी उठेका थिए । तर खतिवडाले दुई सय मत पनि ल्याउन सकेनन् ।

२ नम्बर प्रदेशमा एमालेले अहिलेसम्म प्रतिनिधिसभामा दुई सिट र प्रदेशसभामा ८ सिटमात्र जित निकाल्न सकेको छ । प्रतिनिधिसभामा सिरहा ३ बाट लिलानाथ श्रेष्ठ र धनुषा ४ बाट रघुवीर महासेठ बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment