Comments Add Comment

प्रदेश २ को प्रत्यक्षमा फोरम-राजपाको बहुमत, मुख्यमन्त्री को ?

२५ मंसिर, काठमाडौं । संघीय समाजवादी फोम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत ल्याएको छ । ६४ सिटमध्ये यो गठबन्धनले ३४ सिट जितेको छ ।

वाम गठबन्धनले १९ एमाले १२ र माओवादी केन्द्र ७) सिट जितेको छ भने कांग्रेसले ८ सिट जितेको छ । एक सिटमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश २ मा ७३ समानुपातिक सिट छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ ।

समानुपातिकमा कुन दलले कति सिट जित्यो, त्यो थाहा पाउन अझै केही दिन कुर्नु पर्ने हुन्छ । तर, फोरम- राजपा गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याउने पक्का जस्तै छ ।

उसो भए को बन्छन् त प्रदेश २ का मुख्यमन्त्री ?

फोरम र राजपाले चुनावका क्रममा कुनै नेतालाई पनि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छैन ।

तर, पार्टीमा केही नेतालाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । उनीहरु मध्ये एक हुन् लालबाबु राउत । उनी पर्सा १ को खबाट प्रदेशसभा सदस्य चुनिएका छन् ।

दोस्रो संविधानसभामा सभासद रहेका उनी पार्टीका उपाध्यक्ष हुन् । नेताहरुका अनुसार उनले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताउने गरेका छन् तर, मुख्यमन्त्री को हुन्ने भन्ने पार्टी र गठबन्धनले निर्णय गर्ने भएकाले औपचारिक रुपमा केही बोलेका छैनन् ।

प्रत्यक्षतर्फ धेरै सिट जितेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीमा दाबी रहेको फोरमका नेताहरु बताउँछन् ।

यस्तै राजपाबाट सम्भावित उम्मेदवार हुन् जितेन्द्र सोनल । उनी बारा ४ ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पूर्व सभासद रहेका उनी मुख्यमन्त्री बन्ने सम्भावना देखेर नै प्रदेशमा गएका हुन् र पार्टी नेतृत्व पनि यसमा सकारात्मक रहेको बताइन्छ ।

यस्तै राजपाका महामन्त्री मनिष सुमन पनि सप्तरी २ को ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । समानुपातिकतर्फ पनि पार्टीका प्रभावशाली नेताहरु रहेका छन्, जो प्रदेशसभा सदस्यसँगै मुख्यमन्त्रीको दाबेदार रहनसक्छन् । तर, पार्टीको माथिल्लो तहमा रहेर काम गरेका लालबाबु र जितेन्द्रलाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment