+
+

सामाखुसीमा गण्डकी विकास बैंकको शाखा खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १९:३८

२६ मंसिर, काठमाडौं । गण्डकी विकास बैकको काठमाडौं स्थित सामाखुशी शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे ।

सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सवल र सक्षम विकास वैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा वैक परिवारलाई हार्दिक वधाइ दिए ।

पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने वताए ।

स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए ।

गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक ज्ञानेश्वर पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एंव नेपाल विकास वैक सघंका अध्यक्ष भरतराज ढकालले शुभकामना मन्तव्य दिए ।

उक्त कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृतसमिर शेखर बज्राचार्यले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?