Comments Add Comment

स्याङ्जा-१ बाट एमालेका नारायण मरासिनी निर्वाचित

२५ मंसिर,स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी निकटतम प्रतिस्पर्धी थिए ।

यसपटक चार वर्षअघिको बदला लिँदै मरासिनी सांसद निर्वाचित भएका हुन् ।

यौसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिआ सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ७६ सीट जितेको छ भने बाँकी तीन क्षेत्रमा पनि एमालेकै अग्रता छ ।

स्याङजाकै क्षेत्र नम्बर २, कैलाली-२ र सुनसरी-३ को अन्तिम नतिजा आउन बाँकी छ । तीनै स्थानमा मतगणना भइरहेको छ ।

अहिलेसम्मको नतिजामा नेकपा माओवादी केन्द्रबाट ३६, नेपाली कांग्रेसबाट २२, राष्ट्रिय जनता पार्टीबाट ११, संघीय समाजबादी फोरमबाट १०, राप्रपा, नयाँशक्ति र राष्ट्रिय जनमोर्चाबाट १/१ तथा ३ जना स्वतन्त्र सांसद निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment