Comments Add Comment

विजय गच्छदारलाई सासूआमाको आशिर्वाद– अब प्रधानमन्त्री हुनू

सिडिओका गाडी फिर्ता, प्रमाणपत्र लिन इनरुवा जाँदै

२७ मंसिर, बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका विजयकुमार गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए ।

एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’

गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् ।

त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए ।

पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए । र, उनी अहिले निर्वाचन कार्यालयले वितरण गर्ने प्रमाणपत्र लिन एवं मतदातालाई धन्यवाद दिन सुनसरीको सदरमुकाम इनरुवातिर लागेका छन् ।

सुनसरी जान लागेका गच्छदारलाई प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिएका थिए । तर, उनले सिडियोको गाडी फर्काइदिएका छन् । उनी प्राइभेट गाडीबाट इनरुवातर्फ लागेका छन् ।

प्रतिनिभिसभाको सबैभन्दा पछिल्ला विजयीका रुपमा गच्छदार निर्वाचित भएका छन् । उनले ३८९७२ मत ल्याएर जितेका छन् । उनीसँग निकटत प्रतिद्वन्द्वी रहेकी भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी थिइन् ।

सुनसरीमा गच्छदारको जितसँगै कांग्रेसले तीन सिट जितेको छ । एमालेले एकसिटमा चित्त बुझाउनुपरेको छ ।

सुनसरी १ बाट एमालेका जयकुमार राई विजयी भएका छन् भने क्षेत्र नम्बर २ बाट कांग्रेसका सीताराम मेहता, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुृर कार्कीले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment