Comments Add Comment

कस्ता मानिस लामखुट्टेको रोजाइमा पर्छन् ?

काठमाडौं । लामखुट्टेको टोकाइमा जोकोही पर्ने गर्छन् । कसैलाई लामखुट्टेले धेरै टोक्छ भने कसैलाई कम । अध्ययनहरुका अनुसार लामखुट्टेको रोजाइमा निश्चित वर्गका मानिस मात्र पर्ने गर्छन्, जसको केही विशेषता छ ।

गर्भवती महिला
गर्भवती महिलाले कार्बन डाइअक्साइड धेरै फाल्ने गर्छन्, जसले लामखुट्टेलाई आफूतिर खिच्ने गर्छ । गर्भवती अवस्थामा लामखखुट्टेका कारण उत्पन्न हुने जिका भाइरसले प्रजनन्सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ ।

व्यायाम
दौडेपछि होस् वा केही शारीरिक व्यायामपछि, लामखुट्टेले अत्यधिक टोक्ने गर्छ । ल्याक्टिक एसिडप्रति लामखुट्टे बढी आकषिर्त हुन्छ । र, ल्याक्टिक एसिड यस्तो तत्व हो, जुन व्यायाम गरेपछि शरीरबाट स्वतः उत्पादन हुन्छ ।

साथै, उक्त एसिड लामखुट्टेको प्रमुख रोजाइमा पर्ने फ्लोलिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको भनाइ छ ।

मदिरा
स्वास्थ्यसम्बन्धि विज्ञहरुका अनुसार लामखुट्टको रोजाइमा पर्ने अर्को समूह भनेको मदिरा सेवनकर्ताहरु हुन् । मदिराको सेवनका कारण शरीरको तापक्रम अचानक बढ्ने गर्छ, जसले लामखुट्टेलाई आकषिर्त गर्छ ।

‘ओ’ रक्तसमूह
विभिन्न अध्ययनबाट ‘ओ’ रक्तसमूह भएका मानिसलाई अन्य रक्तसमूहको तुलनामा लामखुट्टले बढी सताउँछ । जबकी ‘ए’ रक्तसमूह भएका मानिस लामखुट्टेको रोजाइमा सबैभन्दा कम पर्ने गर्छ ।

त्यसैले, यदि तपाईंहरुमध्ये कोही लामखुट्टेको टोकाइमा पर्ने जोखिममा हुनुहुन्छ भने बेलामै विचार पुर्‍याउनुहोस् । अन्यथा, लामखुट्टेको टोकाइका कारण हुने विभिन्न रोगको संक्रमणमा तपाईं पनि पर्नसक्नु हुन्छ ।

लुगाको रंग
फ्लोरिडा विश्वबिद्यालयकै अनुसन्धानकर्ताहरुका अनुसार लामखुट्टे विशेषगरी रातो, कालो र गाढा निलो रंगप्रति बढी आकषिर्त हुने गर्छ । यस अर्थमा लामखुट्टेमा सुँध्ने शक्ति मात्र होइन, दृष्टि पनि बेजोडकै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment