Comments Add Comment

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उहाँहरुबीच छलफल भएको छ ।

राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा प्रचणडसँग भेटवार्ता गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment