Comments Add Comment

यू-१५ महिला साफको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६-० ले पराजित

२ पुस, काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग ६-० गोलको फराकिलो अन्तरको पराजय व्यहोरेको छ ।

प्रतियोगिताको पहिलो खेलमै नेपाली किशोरीहरु घरेलु टोलीसामू निरिह देखिए । नेपालकी मनमाया बिकको उपहार गोलबाट बंगलादेशले १३औं मिनेटमा अग्रता लिएको थियो । २६औं मिमनेटमा मोनिका चक्मा र ३२औं मिनेटमा तोहुरा खातुनले गोल गर्दा नेपालले ३-० ले पछि पर्‍यो । पहिलो हाफको अन्तिममा अनुचिङ मोगिनीले घरेलु टोलीलाई ४-० को अग्रता दिलाइन् ।

पहिलो हाफमा ४ गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा २ गोल थप्यो । ६९औं र ७२औं मिनेटमा गोल गर्दै खातुनले हृयाटि्रकसमेत पूरा गरिन् ।

आजै भएको भुटान र भारतबीचको खेलमा भारतले ३- ० गोलको जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment