Comments Add Comment

पोखरा राइनोजमा ३ विदेशी खेलाडी अनुबन्धित


२ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा खेल्ने तयारीमा रहेको पोखरा राइनोजले तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ ।

पाकिस्तानी मुलका इसरार उल्लाह, अलीआशिफ र ताजवालीलाई अनुबन्धित गरिएको हो ।

क वर्गका खेलाडी मध्ये पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । अली आशिफ २६ बषिर्य पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि खेल खेल्ने गर्थे भने ताजवाली पनि पाकिस्तानको क बर्गकै खेलाडी मध्य पर्छन् ।

सन् २०१५-१६ मा आयोजित काजी-ई-ट्रफीको चौथौँ राउण्डको पाकिस्तानमा आयोजित फस्र्ट क्लास डोमेस्टिक क्रिकेटमा उनी २० बर्षको अन्तरालमा ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका थिए । उनी लेफ्ट ह्याण्ड्स ब्याट्सम्यान हुन् ।

पोखरा राइनोजले ट्यालेन्ट हन्टबाट १६ बषर्ीय देव शाहलाई छनोट गरेको छ ।

टिममा शक्ति गौचन, विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिलधमला, सौरभ खनाल र सन्तोष भट्ट पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment