+
+

मोरङमा निर्माणाधीन भवनको पर्खाल भत्कियो, १ को मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते ११:५६

३ पुस, विराटनगर । मोरङको विराटनगर–४ स्थित केशलिया खोलानजिकै निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा एक कामदारको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

आइतबार साँझ अचानक कारखानाको पर्खाल भत्किँदा सोही कारखानामा कार्यरत दुहबी– १३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर–४ का ५० वर्षीय रतन माझी, दुहबी भलुवा नगरपालिका– ११ का २५ वर्षीय रमेश मण्डल र सोही स्थानका ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका छन् ।
उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

निर्माणाधीन भवनमा पिलर नहाली पर्खाल बनाइएकाले दुर्घटना भएको मृतकका आफन्त विनोद चौधरीले आरोप लगाए ।

उद्योग निर्माण पक्षको लापरबाहीका कारण मजदुरको मृत्यू भएको भन्दै आफन्तले घाइतेलाई उपचार र मृतकको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?