Comments Add Comment

‘बत्ती गुल मिटर चालु’मा साहिदसँग बाणी


चलचित्र ‘शुद्धि देसी रोमान्स र वेफिक्रे’मा काम गरेपनि बलिउड नायिका बाणी कपुरलाई फाइदा भएको छैन । उनको करिअरमा त्यस्तो सफलता मिलेको छैन, जहाँ उनी ढुक्कले अगाडि बढ्न सकुन् ।

यी नायिका यशराज ब्यानर भन्दा बाहिर निस्कन पनि सकेकी छैनन् । यशराज ब्यानरले नायक ऋतिक रोशन र टाइगर श्राफलाई लिएर बनाउन लागेको नयाँ चलचित्रमा पनि बाणी फाइनल भैसकेकी छिन् ।

तर, त्यो भन्दा अगाडि उनले एक रमाइलो समाजिक चलचित्रमा काम गर्ने भएकी छिन् । चलचित्र ‘ट्वाइटेल एक प्रेम कथा’का निर्देशक श्री नारायण सिंह नयाँ चलचित्र ‘बत्ती गुल मिटर चालु’ निर्देशन गर्दैछन् । यो चलचित्रका लागि नायक साहिद कपुर फाइनल भैसकेका थिए ।

केहि समय अगाडिसम्म नायिका इलियाना डिक्रुजको नाम नायिकाको रुपमा अगाडि आएको थियो । तर, अब नायिका बाणी कपुरलाई साहिदको अपोजिटको रुपमा फाइनल गरिएको छ । नयाँ बर्षको जनवरी १९ बाट यो चलचित्रको छायांकन सुरु हुनेछ । बाणी यो चलचित्रमा काम गरेसँगै अब यशराज ब्यानरबाट बाहिर पनि निस्किएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment