Comments Add Comment

अष्ट्रेलियाको हन्टर बाइक नेपालमा, एकैपटक ५ मोडल सार्वननिक


३ पुस, काठमाडौं । नेपालको लागि हन्टर मोटरसाइकलको आधिकारिक बिक्रेता राई मोटर्सले हन्टर मोटरसाइकलको नयाँ पाँच मोडलहरु भित्र्याएको छ । कम्पनिले डेटोना ३५० सीसी, क्याफे रेसर ३५० सीसी, स्पाईडर ३५० सीसी, क्रुजर ३५० सीसी र स्नाईपर ३५० सीसी नेपाली बजारमा भित्राएको हो ।

यि मोडेलहरुमध्ये डेटोना ३५० सीसी, स्पाईडर ३५० सीसी र क्रुजर ३५० सीसीको अधिकतम पावर ३४ बिएचपी र ८००० आरपीएम छन् ।

त्यसै गरी क्याफे रेसर ३५० सीसी र स्नाईपर ३५० सीसीको अधिकतम पावर ३७ बिएचपी र ८००० आरपीएम रहेको छ । यि सबै मोडलका बाईकहरुमा एडभान्स ईएफआई (ईलेक्ट्रोनिकफिउल ईन्जेक्सन) प्रणाली जडान गरीएको छ । त्यसै गरी यि सबै बाईकहरुमा ३५० सी.सी, डबल सिलिन्डर र डबल कुलिङ सिस्टम (एयर र अएल कुलिङ)को ईन्जन जडान गरीएको छ ।

राई मोटर्सले यस बाइकको सोरुम बालुवाटारमा रहेको छ । यस कम्पनीले स्पेयर पार्टस्, सर्भिस र सेल्सको सुविधाप्रदान गरेको छ । त्यसैयरी यस कम्पनिले २ वर्षको निशुल्क सर्भिसको सुबिधा र ईन्जिनमा १ बर्षको वारेन्टी समेत प्रदान गरेको छ ।

यि बाईकहरु म्याट ब्ल्याक, ग्लोस बल्याक, ह्वाइट, रेड र ब्लू रंगहरुमा उपलब्ध छन् । र यि सबै हन्टर मोटरसाईकलको मुल्य रु. ६ लाख ३० हजार रहेको छ ।

हन्टर मोटरसाईकल अस्ट्रेलिया लोकपि्रय मोटरसाइकल ब्राण्ड हो । यसले स्थापनादेखि नै प्रिमियम सेग्मेन्टको मोटरसाईकलहरु उत्पादन गर्दै आएको छ ।

यस कम्पनीसँग स्पोर्टस बाईक, क्रुजर, क्याफे रेसर जस्ता विभिन्न मोडलका बाइकहरु उत्पादन गर्ने वर्षौं देखीको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment