+
+

प्राविधिक कार्यालय, सिरहाका इञ्जिनियर ८ हजार रुपैयाँ घुससहित पक्राउ

यमुना खनाल यमुना खनाल
२०७४ पुष ३ गते १७:५४

३ पुस, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानबाट पक्राउ गरेका छन् ।

रामजानकी कन्स्ट्रक्सन दर्ताको लागि सिफारिस गरिदिए बापत इन्जिनियर यादवले घुस मागेका थिए । घुस वापतको ८ हजार रुपैयाँ यादवले महावीर मिष्ठान्न भण्डारमा आएर रामजानकी कन्स्ट्रक्सनका प्रोपाइटरबाट लिएका थिए ।

लगत्तै यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका एसपी कृष्णसिंह थापाले बताए । घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालयको सिफारिस माग गरेको थियो ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय, इटहरीमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?